Logo

आज संसदमा सर्वदलीय बैठक बस्दै



Spread the love

१६ साउन, काठमाडौँ l संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपा नेपालले गरेको अवरोधका कारण उत्पन्न गतिरोध हटाउन आज सर्वदलीय बैठक बोलाइएको छ ।

सभामुख कृष्णबहादुर महराको आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको हो । नेपाली काँग्रेस र राजपाले बजेट र नीति तथा कार्यक्रम पारित भए लगत्तैदेखि संसद् अवरुद्ध गरिरहेका छन् ।

करिब एक महिनोदखि संसद् अवरुद्ध हुँदै आउँदा कयौँ विधेक तथा सरकारका कार्य कारबाहीबारेमा छलफल हुन सकेको छैन । सो गतिविधिलाई शनिवार प्रधानमन्त्री सिङ्गापुर उड्नुअघि नै हटाउने गरी वार्ता थालिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचार र आरामका लागि शनिवार सिङ्गापुरतर्फ जादैछन् l उनी सिङ्गापुर जानुअगावै संसद्को अवरोध हटाउने पहल सभामुख महराले थालेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीलाई पनि यसबारेमा सबै जानकारी छ, उहाँ जानु भन्दा पहिले यो गतिरोध हटाउने गरी छलफल थालेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्