Logo

माडागास्करमा विमानबाट खसेर एक विद्यार्थीको मृत्यु



Spread the love


१६ साउन, काठमाडौं । अफ्रिकी मुलुक माडागास्करमा एक विद्यार्थीको विमानबाट खसेर ज्यान गएको छ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत आलाना कटल्यान्डको माडागास्करको दुर्गम क्षेत्र अन्जाजाभीमा अनुसन्धान गर्ने क्रममा उडिरहेको विमानबाट खसेर  मृत्यु भएको हो ।

उनी माडागास्करमा इन्टर्नशिप गर्न गएकी थिइन् । भने कटल्यान्ड नृत्य समाज कटाजकी उनी उपाध्यक्ष समेत थिइन् ।

प्रतिक्रिया दिनुहोस्