Logo

सरकार अलोकप्रियताको भुंग्रोमा छ, योगेश दाई त्यही भुंग्रोमा पर्नुभयो : रामकुमारी झाँक्री



Spread the love

१६ साउन, काठमाडौँ l नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएपछि बधाई र शुभकामनाको ओइरो लागिरहेको छ ।

उनका बधाई दिने सत्तारूढ दलका नेता मात्रै नभई विपक्षी दलका नेताहरूले पनि उत्तिकै महत्त्वका साथ शुभकामना दिइरहेका छन् । तर, रामकुमारी झाँक्रीको प्रतिक्रिया भने छुट्टै किसिमको छ ।

झाँक्रीले पर्यटनमन्त्री भट्टराई भुंग्रोमा परेको र त्यहाँबाट उम्कनु पर्ने विचार प्रकट गरेकी छन् । केपी ओली नेतृत्वको सरकार स्वयंकै कारण अलोकप्रिय भइरहेका बेला भट्टराईलाई मन्त्री पद थमाइएको झाँक्रीको तर्क छ ।

उनले भनेकी छन्, “आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्‍यो । जसका कारण योगेश दाइलाई मन्त्री बनाइयो । सरकार अलोकप्रियताको भुंग्रोमा छ । दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरो आमा भन्नुहुन्थ्यो– जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ । हो, योगेश भट्टराई भुंग्रोबाट निस्कनुपर्छ हार्दिक बधाई अनि शुभकामना ! “

प्रतिक्रिया दिनुहोस्