Logo

कैलालीमा विप्लव नेतृत्व पार्टीद्वारा ४४ बिघा जग्गा कब्जा



Spread the love

१६ साउन, धनगढी ।कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा विप्लव नेतृत्व पार्टीले ४४ बिघा जग्गा कब्जा गरेको छ ।

बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै आफ्नो पार्टीको झन्डा गाडेको हो ।

पार्टीले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको घरसँगै रहेको ३५ बिघा जमिन, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको छ ।

उक्त जग्गा भूमाफिया मिलेर बिक्रीवितरण गरिरहेकोले जग्गा कब्जा गरिएको र सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रूपमा कारबाही गरिने उल्लेख गरिएको छ ।

विप्लबले जग्गा कब्जा गरिएको स्थानमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्