Logo

मुलुकमा गणतन्त्र जाने र राजसंस्था फर्किने अधिवक्ता न्यौपानेको दाबी



Spread the love

१६ साउन, काठमाडौँ l मुलुकमा अब गणतन्त्र जाने र राजसंस्था फर्किने दाबी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गरेका छन् ।

अधिवक्ता न्यौपानेले गए राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।

अहिलेको व्यवस्था र नेताप्रति सर्वसाधारणको विश्वास, आस्था र भरोसा नै नरहेको आरोप अधिवक्ता न्यौपानेले लगाएका छन् l उनले भने,‘नेताहरूले भने बमोजिम यो देश सिङ्गापुर बनेको भए र जम्मै नेपालीहरूले रोजगारी पाएको भए अहिलेको व्यवस्थाप्रति र नेताहरूप्रति जनताको धारणा नेगेटिभ हुँदैन थियो । तर, यो बिचमा केही पनि राम्रो काम भएका छैनन् ।’

आम जनताले अहिलेको गणतान्त्रिक व्यवस्थाको विकल्प खोजिसकेको पनि अधिवक्ता न्यौपानेको दाबी छ l नेपालको इतिहासमा हरेक एक दशक वा त्यसकै आसपासमा जनताले परिवर्तन खोजेको सुनाउँदै अहिले पनि नेपाली जनताले परिवर्तन खोजिसकेको जिकिर अधिवक्ता न्यौपानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्