Logo

आफनै छोरीलाई जबर्जस्ती करणी गर्ने बुवा प्रहरीको नियन्त्रणमा



Spread the love

१६ साउन, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिक–७ मा आफनै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बुवालाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

४१ वर्षीय बुवाले १६ वर्षीया छोरीलाई पटकपटक अनैतिक व्यवहार देखाउँदै  बलात्कार गरेपछि उनलाई पक्राउ गरिएको हो ।

घरमा कोही पनि नभएको मौका पारी आफूलाई आफ्नै बुवाले बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । भने पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीको आधारमा बुवालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

प्रहरीले उक्त घटना सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्