Logo

हेटौँडामा सवारी दुर्घटना : २ जनाको मृत्यु



Spread the love

१६ साउन, हेटौँडा । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सौरभ सुवेदी र अस्मित सुनार रहेका छन् । हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नंको ट्रक एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते  मोटरसाइकलमा सवार सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज र सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्