Logo

पर्यटन मन्त्री योगेशले लिए शपथ



Spread the love

१५ साउन, काठमाडौँ l सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली स्वयंले नै सम्हाल्दै आएका थिए ।

उनी ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । प्रधानमन्त्री ओलीले चुनाव प्रचारमा जाँदा नै भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सम्हादै आउँदा उनको आलोचना समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्