Logo

पोखरीमा डुबेर दाजु बहिनीको ज्यान गयो



Spread the love

१५ साउन, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा पोखरीमा डुबेर दाजु बहिनीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ११ वर्षीय अनिस साह र ८ वर्षीया कल्पना साह रहेका छन् ।

बुधबार इँटाभट्टाले बनाएको खाल्टोमा रहेको जमेको पानीमा खेल्ने क्रममा दाजुबहिनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

मृतक बालबालिकाको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्