Logo

भिजिट नेपाल–२०२० सफल बनाउन सरकार योजनाका साथ अगाडि बढ्दैछ : परराष्ट्रमन्त्री ज्ञवाली



Spread the love

१५ साउन, काठमाडौँ l वर्तमान सरकार भिजिट नेपाल–२०२० सफल बनाउन योजनाका साथ अगाडि बढेको स्पष्ट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पारेका छन् ।

आज काठमाडौँमा २३ औ गाउँ पर्यटन दिवस तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपालको साधरणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले पर्यटन क्षेत्रको विकास बिना आर्थिक समृद्धि सम्भव नहुने मन्तव्य पनि राखे ।

उनले आर्थिक समृद्धिको लागि दिगो पर्यटन विकासमा जोड दिँदै पर्यटन क्षेत्रलाई ग्रामिणमुखी बनाउनु पर्नेमा पनि जोड दिएका छन् । नेपाल आउने पर्यटकको सङ्ख्या पछिल्लो समय बढेको भन्दै मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सरकार योजनाका साथ अगाडि बढेको जानकारी दिए ।

नेपालमा राजनीतिक परिर्वतन भएता पनि आर्थिक परिर्वतनका लागि योजना नबनेको भन्दै उनले आर्थिक परिर्वतन नै अब सरकारको लक्ष्य रहेको स्पष्ट पारेका छन् l

प्रतिक्रिया दिनुहोस्