Logo

सदस्य भट्टराईले पर्यटनमन्त्रीको शपथ लिँदै



Spread the love

१५ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पाटी (नेकपा) स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भट्टराईलाई पर्यटन मन्त्री नियुक्त गरेका हुन् । ताप्लेजुङबाट निर्वाचित भट्टराईको आजै ४ बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली स्वयंले नै सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्