Logo

कृषि सहकारीमन्त्रीद्वारा तिलाठी कोइलाडी गाउँपालिकामा डुङ्गा उपलब्ध



Spread the love


१५ साउन, सप्तरी ।  सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले थानमा डुङ्गा उपलब्ध गराएका छन् ।

वर्षा र बाढीका कारण सप्तरी जिल्लाको अति बिकट मानिएको उक्त गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला स्थानीयवासीले आवतजावत गर्न सास्ती खेप्नु परेकाले सहज र सुरक्षित रहनको लागि सो गाउँपालिकामा डुङ्गा प्रदान गरेको हो ।

करीब दुई साता अगाडि वर्षासँगै आएको बाढीले यस गाउँपालिकाको कार्यालय डुबाउनुको साथै सो गाउँपालिकाका अधिकांश वडाका घर डुबानमा परेका थिए । भने मन्त्री साहले यस प्रभावित क्षेत्रमा पुगेर सो गाउँपालिका वडा नं ४ बनरझुला र टिकुलियामा एक,एक र वडा नं ५ चट्टीटोलमा एउटा डुङ्गा स्थानीय बासिन्दालाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्