१५ साउन, काठमाडौँ l नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन् ।
आज अनामनगरमा सञ्चालन सामूहिक खिर खुवाउने कार्यक्रम सहभागिता जनाउँदै महामन्त्री कोइरालाले स्वयं काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेको बताएका हुन् ।
पार्टीभित्र महामन्त्री कोइरालालाई सभापति देउवासँग निकट रहेको आरोप संस्थापन इतर समूहभित्रै लाग्ने गरेको छ । कोइरालाले भने अहिलेका सभापति देउवाको निरन्तरताका पक्षमा स्वयं नरहेको सङ्केत गरेका छन् ।
१४औं महाधिवेशनमा सभापतिमा उठ्नेतर्फ पनि सङ्केत गर्दै महामन्त्री कोइरालाले युवाहरूको साथ रहने विश्वास प्रकट गरे । उनले भने, “मेरो इच्छा काँग्रेसको आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने हो, तपाईँ युवा साथीहरूले साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु ।”
प्रतिक्रिया दिनुहोस्