Logo

न्यूनतम् संसदीय समिति नबनाई भाग्ने सरकार कस्तो सरकार : महतो



Spread the love

१५ साउन, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जनताबाट भागेको आरोप राजपाका अध्यक्षमण्लका सदस्य राजेन्द्र महतोले लगाएका छन् l

आज बसेको संसद् बैठकमा काँग्रेस र राजपाको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भएपछि पत्रकाहरुसँग कुरा गर्दै सदस्य महतोले ओली नेतृत्वको सरकार जनताबाट भागेको जिकिर गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा आफूहरूले संसदीय मूल्य मान्यता अनुसार मागबारे बराम्बरता सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको गुनासो महतोले गरेका छन् l

उनले भने, ‘हामीले त संसदीय मूल्य मान्ता अनुसार पटक पटक सभामुखको ध्यानाकर्षण गराएका थियौँ, त्यो अनुसार न सभामुख गम्भीर देखिए, न सरकारको तदारुकता नै देखियो । हामीले पटक पटक कुरा राखेका छौँ’। सरकारले मानवअधिकार हनन बढायो, हत्या हिंसा बढ्यो । न्यूनतम् संसदीय समिति नबनाई भाग्ने सरकार कस्तो सरकार?’

आफूहरूले सलार्हीका दुई घटनामा संसदीय छानबिन समिति गठन र मधेस आन्दोलनपछि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सम्म संसद् चल्न नदिने महतोले बताएका छन् ।

महतोले भने, ‘हाम्रा सामान्य माग पनि नसुनी जनताबाट भाग्ने सरकार कस्तो सरकार, सरकार कति तर्सेको निरंकुशतातिर जान खोजेको हो? सरकार आफैँले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दा नालायकी देखाउने ? यो माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्