Logo

प्रधानमन्त्री ओलीले कहिल्यै पनि मधेसको हित चाहेनन् : मुख्यमन्त्री राउत



Spread the love

१५ साउन, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस विरोधीको संज्ञा दिएका छन् l

गए राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री राउतले केन्द्र सरकारले प्रदेश २ मा बाढी तथा डुबानको समस्या हुँदा पनि कुनै राहत तथा पूर्नस्थापनाको लागि पहलकदमी नलिएकोमा फरक ढंगमा वर्तमान प्रधानमन्त्री ओलीलाई मधेस विरोधीको संज्ञा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कहिल्यै पनि मधेसको हित नचाहेको मन्त्री राउतको आरोप छ । उनले सङ्घीयता विरोधी शक्तिहरू सबै समाप्त हुने चेतावनी दिँदै देश सङ्घीय मर्म र भावनाअनुरुप अघि बढिरहेकोले अब कसैले पनि यसमा भाँजो हाल्ने काम गर्न नहुने मन्त्री राउतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्