Logo

यौन दुर्व्यवहार गरेको आरोपमा वडा सदस्य पक्राउ



Spread the love

१५ साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिकामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य विष्णुहरि पराजुली रहेका छन् ।

साउन ६ गते पराजुली सोही स्थानमा बसोबास गर्ने ९ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पीडित परिवारको उजुरी पश्चात् पराजुली लाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको नियन्त्रणमा रहेका पराजुली माथि जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्