Logo

लहानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु



Spread the love

१५ साउन, लहान ।  सिराहाको लहानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा लहान नगरपालिका–१२ का २३ वर्षीय सुरेश चौधरी रहेका छन् ।

गए राती पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ क २४१७ नंको क्रेन संग सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते मोटरसाइकल चालक सुरेशको विराटनगर उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहा लहानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्