Logo

अफगानिस्तानमा बम विस्फोट : २८ जनाको मृत्यु



Spread the love

१५ साउन, काठमाडौँ । अफगानिस्तानको पश्चिम प्रान्त फाराहमा बम विस्फोट हुँदा बसमा सवार २८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान कान्दाहार–हेरात राजमार्गमा गुडिरहेको यात्रुवाहक बस बाटो छेउमा रहेको बममा ठोक्किएर उक्त घटना भएको हो ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् भने अरु १० जना घाइते भएका छन् ।

अफगानिस्तानमा इस्लामिक बिद्रोही समूह तालिबानले बम बिस्फोट गर्दै आएको छ । तर आक्रमणको जिम्मेवारी कुनै समूहले अहिले सम्म लिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्