Logo

प्रतिनिधिसभाको बैठकमा काँग्रेस र राजपाको नाराबाजी



Spread the love

१५ साउन, काठमाडौँ l प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरूले अवरोध गरे पश्चात् सभामुख कृष्णबहादुर महराले उक्त बैठक भोलिसम्मलाई स्थगित गरेका छन् ।

सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुख महराले सो बैठक स्थगित गरेका हुन् । सभामुखले बैठक सुरु भएको जानकारी
दिने बित्तिकै काँग्रेस र राजपाका सांसदरुले बैठक अवरुद्ध गरेका थिए ।

नेपाली काँग्रेस र राजपा सांसदहरूले सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने पर्ने र संसदीय सर्वोच्चता कायम गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख महराले विरोधबारे सरकार र स्वयंलाई जानकारी भइसकेको भन्दै बारम्बार बस्न अनुरोध गरेता पनि सासदहरुले नाराबाजी कायम नै राखेपछि बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्