Logo

स्थिर सरकारकै कारण ढुक्क भएर काम गर्ने वातावरण बन्यो : प्रधानमन्त्री ओली



Spread the love

१५ साउन, काठमाडौँ l समय तालिका निर्धारण गरेर कार्य गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रममा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

सरकारको कामको गतिलाई लिएर तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले आज कार्य सम्पादन सम्झौता गरेका हुन् l सुरुमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग सम्झौताको फाइल साटासाट गरे पश्चात् प्रधानमन्त्री ओलीले भने, ‘अहिले राजनीतिक अस्थिरताले काम गर्न दिएन भन्ने छैन, वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्नुहोस् ।’

स्थिर सरकारकै कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै उनले भने, ‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि छौँ । पिछडिएको देश, गरिब देश भन्नु परेको छ । नकारात्मक चिजहरू विकास भएका छन् । आर्थिक विकासमा पछाडि पर्नु परेको छ । जनताले यो सब बदल्न बहुमत दिएका छन् ।’

प्रधानमन्त्री ओलीले अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तीय काम गर्न निर्देशन दिनका साथै दातृ राष्ट्र र संस्थाहरूबाट सहयोग नरोकिएको बरु सहयोगअनुसार काम हुन नसकेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्