Logo

मिडियाले स्कुल विभाग विवादित भएको भन्दै प्रचार गरे : नेता खनाल



Spread the love

१४ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको स्कुल विभागमा स्वयं पनि आकांक्षी रहेको बताएका छन् ।

गृह जिल्ला इलाम जाने क्रममा झापाको बिर्तामोडमा पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै नेता खनालले स्कुल विभागका लागि स्वयं पनि तयार रहेको बताए ।

पार्टीको स्कुल विभागका बारेमा मिडियाले विवाद झिकेको आरोप लगाउँदै विभागको सन्दर्भमा पार्टीमा कुनै विवाद नरहेको खनालले बताएका छन् ।

उनले भने, ‘मिडियाले स्कुल विभाग विवादित भएको भन्दै प्रचार गरे ।’ नेता खनालले स्कुल विभागका लागि स्वयंसँगै ईश्वर पोखरेल र नारायण काजी श्रेष्ठ समेत योग्य रहेको बताउँदै स्कुल विभागका बारेमा मिडियामा फैलिएको भ्रममा नपर्न समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्