Logo

भविष्यमा आम्दानी दिने बिरुवा रोप्नुपर्छ : मुख्यमन्त्री पौडेल



Spread the love

१४ साउन, काठमाडौँ l अबको ४ वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जोड दिएका छन् ।

आज हेटौँडामा कृषि विकास बैङ्क र प्रदेश ३ सरकारबीच भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उपस्थित जनाउँदै उनले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

बिरूवा रोप्दा भविष्यमा आम्दानी दिने खालका फलफूलका बिरुवा रोप्न जोड दिँदै उनले भाषण गरेर मात्र समृद्धि नआउने हुँदा मिहिनेतमा पनि जोड दिनुपर्ने बताए ।

समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि माटोमा गएर काम गर्नुपर्ने मन्तव्य उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले व्यक्त गरेका छन् l कृषि विकास बैक र प्रदेश सरकारको सम्बन्ध राम्रोसँग अगाडि बढेमा किसानका निम्ति हित हुने मन्त्री ढुङ्गेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्