१४ साउन, काठमाडौँ l ३८ क्वीन्टल सुन तस्करीदेखि प्रधानमन्त्रीको निवास बालुवाटारस्थित सरकारी जग्गा बेच्ने सम्मलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन् ।
आज सङ्घीय संसद्को राज्य व्यवस्था तथा सूशासन समितिमा सहभागिता जनाउँदै उनले देशका ठुला भ्रष्टाचार काण्डमा मुछिएका सबैलाई मृत्युदण्ड दिनुपर्ने व्यवस्थाका लागी संशोधन गर्नुपर्ने बताए । सांसद सुवालले भने, ‘दैनिक सामाजिक अपराध र भ्रष्टाचार बढिरहेका छन् ।
३८ क्वीन्टल सुन, वाइडबडी भ्रष्टाचार, एनसेलको कर प्रकरण, ललिता निवासको जग्गा विक्रीका सबै अपराधीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्छ, राज्य व्यवस्था समितिले सरकारलाई, प्रधानमन्त्रीलाई भनेर मृत्युदण्डको संवैधानिक व्यवस्था गराओस् ।’
प्रतिक्रिया दिनुहोस्