संसदको विकास तथा प्रविधि समितिको विधेयकको दफा १४ को विज्ञापन बोर्ड गठबन्धनसम्बन्धी विधेयकमा छलफल गर्ने क्रममा काँग्रेस सभापति शेर बहादुर देउवा र काँग्रेस सांसद जिपछिरिङ लामाबिच जुहारी चलेको छ ।
बोर्डमा सदस्य नियुक्त गर्दा समानुपातिक समावेशी अनुसार गरिनुपर्छ भनेर लामाले कुरा राखेपछि त्यसको खण्डन गर्दै सभापति देउवाले समानुपातिक समावेशी अनुसार नभई समावेशी अनुसार नियुक्त गर्नु पर्ने बताए । “समानुपातिक समावेशी अनुसार भनेर मात्र हुँदैन काम गर्न पनि सक्नुपर्छ” भन्दै समानुपातिक समावेशी अनुसारको नियुक्ति लामाको व्यक्तिगत विचार भएको आरोप लगाए ।
बोर्डको सदस्य नियुक्ति समानुपातिक समावेशी अनुसार गर्दा उपयुक्त हुने विचार सांसद लामाले पुन बताएपनि बोर्ड ठुलो हुने खतरा आउन सक्ने औँल्याउदै देउवाले समानुपातिक समावेशी नभएर समावेशीताको सिद्धान्त अनुसार गर्नु पर्छ भन्ने मत राखे । तर देउवाको यो कुरामा लामाले असहमति जनाए ।
“बहुमत सदस्यको राय समानुपातिक समावेशीताको आधारमा छ क्यारे सभापति ज्यू फेरी सबैलाई राख्ने पनि भनेको हैन । एउटाको सहभागिता त हुन्छ नि”, भन्ने लामाको कुरालाई खण्डन गर्दै देउवाले भने, समितिमा सत्तापक्ष र प्रतिपक्षका रूपमा छलफल नगर्न आग्रह गर्दै उनले समितिमा छलफल गर्दा पक्ष प्रतिपक्ष नभई राम्रोसँग छलफल गरेर ऐनलाई राम्रो बनाउनुपर्छ भन्ने कुरा सबैलाई बुझ्न आग्रह गरे ।
देउवाको समावेशी सिद्धान्तका आधारमा बोर्ड गठन गर्नुपर्ने प्रस्ताव नेकपाका केदार सिग्देल र गणेश पहाडीले समर्थन गरे । पूर्व प्रधानमन्त्रीको यो कुरा मान्न नेकपाका सिग्देलले सबैलाई आग्रह गरे । प्रमुख प्रतिपक्षको यो कुरालाई मान्नु पर्ने भन्दै नेकपाका अर्का सांसद गणेश पहाडीले देउवाको प्रस्तावलाई समर्थन गरे । समिति सभापति कल्याणीकुमारी खड्काले पनि देउवाको प्रस्तावलाई सहमति जनाउँदै देउवाको प्रस्ताव बिचको बाटो भएको बताईन् ।
बोर्ड सदस्यको नियुक्ति समावेशी सिद्धान्तका आधारमा हुने सहमति जुट्यो तर विधेयकमाथि दफावार छलफल चल्दा सभापति देउवा भने समितिबाट बाहिरिए । देेउवा गइसकेपछी ,सामान्य विधेयक टुङ्गोमा पुर्याउन किन ढिला गरेको भन्दै देउवाले आफुलाई प्रश्न गरेको खड्काले बताईन् ।