१४ साउन, काठमाडौं । हङकङमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा ७७ जना घाइते भएका छन् ।
काउलुन मोटर र सिटी मोटरका दुई डबल डेकर बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइतेहुनेहरुको यान चाई अस्पताल, क्यारिटास मेडिकल सेन्टर, प्रिन्स मार्गरेट अस्पताल, कुङ वा अस्पताल र पोक ओई अस्पतालमा उपचार भईरहेको अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले दुर्घटना ग्रस्त स्थानमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्