१४ साउन, काठमाडौँ l नेत्रविक्रम चन्द विप्लव समूहले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
विप्लप समूहका प्रवक्ता खड्गबहादुर विकले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त विज्ञप्तिमा साउन ११ गते प्रचार प्रसार, १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकारबाही कारबाही, १४ गते मसाल जुलुस गर्ने उल्लेख गरिएको छ भने १५ गते अर्थात् भोलि बागमति, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको छ ।
विज्ञप्तिमा सरकारले इतिहासका तानाशाहहरूको हर्कत माथ गर्ने निरंकुश र आतातायी गिरफ्तारी एवं दमन गरेको आरोप लगाउनका साथै प्रवक्ता विकले इन्चार्ज लामाको रिहाइको माग पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्