Logo

नेकपा ‘कम्युनिस्ट’को खोल ओढेर कमाउनिष्ट धन्धा गर्ने पार्टी हो : अध्यक्ष भट्टराई



Spread the love

१४ साउन, काठमाडौँ l समाजवादी पार्टी नेपालका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रति कडा कटाक्ष गरेका छन् ।

अध्यक्ष भट्टराईले आज सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सत्तारुढ दल नेकपालाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टीको संज्ञा दिएका हुन् ।

अध्यक्ष भट्टराईले नेकपालाई ‘डबल’ को संज्ञा दिँदै सर्वसहारा पार्टी भन्‍नै नसकिने तर्क गरेका छन् ।

उनले भनेका छन्, ‘नेकपा डबलले आफूलाई ‘सर्वहारा श्रमिक वर्गको पार्टी’ भन्‍नु जुन गोरूको सिंग छैन उसको नाउँ तिखे भने जस्तै हो l बरु उसले आफूलाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टी भन्‍नुपर्थ्यो !’

उनले नेकपालाई ‘कम्युनिस्ट’को खोल ओढेर कमाउनिष्ठ धन्धा गर्ने पार्टीको पनि संज्ञा दिए ।

अध्यक्षले भनेका छन्, ‘नेकपा ‘कम्युनिस्ट’को खोल ओढेर कमाउनिष्ट धन्धा गर्ने पार्टी हो l राज्यसत्ताको दोहन गरेर आसेपासे पोस्ने ‘क्रोनी’ पूँजीवादी पार्टी हो ।’

नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा स्वयंलाई कम्युनिस्ट पार्टीका रूपमा चित्रित गर्दै सर्वाहारको एक मात्रै पार्टी भनेकै सन्दर्भमा अध्यक्ष भट्टराईले कटाक्ष गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्