१४ साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीतालाई लिएर दुबई तर्फ प्रस्थान गरेका छन् ।
आज बिहान ९ः३० बजे प्रचण्ड फ्लाई दुबईको उडानमार्फत दुबई तर्फ लागेका हुन् l उक्त भ्रमण पत्नी सीताको इच्छामा भएको हो ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार यो विशुद्ध पारिवारिक भ्रमण हो ।
उनले भने, ‘सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राख्नु भएको थियो । तर अध्यक्षले व्यवस्ताले लैजान पाउनु भएको थिएन l यो पटक सीतासँगै छोरी रेणु र गङ्गा पनि दुबई जानु भएको छ ।’
दाहालको सचिवालयले सीताको दुबई भ्रमण गर्ने इच्छा पुरा गर्न प्रचण्डसहित छोरीहरू रेणु र गंगासँगै नाति नातिनी पनि दुबई तर्फ गएका हुन् ।
सापकोटाले भने, ‘अध्यक्ष दाहाल विशुद्ध पारिवारिक भ्रमणमा निस्कनु भएको हो l उहाँहरू दुबईको भ्रमण सकेर १८ साउनमा स्वदेश फर्कनु हुन्छ ।’