१४ साउन, काठमाडौं । काठमाडौंको कलंकीस्थित कलंकीमाई मन्दिर नजिकै पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा मध्यराति गोली प्रहार भएको छ।
मंगलबार साँझ अज्ञात समूहद्वारा शर्माको तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी भएको कोठामा गोली प्रहार भएको हो । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको र कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको तर कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्