१३ साउन, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले आकाशे पुल निर्माण गर्ने भएको छ ।
आकाशे पुल सवारी चाप बढी भएका कारणले गर्दा पैदलयात्रुलाई बाटो काट्न मुस्किल भएकाले निर्माण गर्न लागिएको हो । महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरीमा आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको जनाएको छ ।
विभिन्न स्थानमा आकाशे पुलको माग भइरहेकामा बढी आवश्यक स्थानलाई छनोट गरिएको र यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने काठमाण्डाै महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्