११ साउन, काठमाडौं । यती एअरलाइन्सले आज पाचौं एटीआर–७२–५०० बिमान भित्र्याएको छ ।
यतिले आफ्नो विमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा नेपाली रजिस्ट्रेसन नम्बर ‘९-एन–एएनजी’ रहेको उक्त विमान थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो ।
एटीआर ७२-५०० विमान एक फ्रान्सेली-इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । जुन ७२ सिट क्षमताको आधुनिक विमान हो ।
पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनने लक्ष्य हासिल गर्न थपिएका विमानले मद्दत पुर्याउने विश्वास यति एअरलाइन्सले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्