११ साउन, काठमाडौँ ।
फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रको बातान्स प्रान्तमा झण्डै चार घण्टाको अन्तरलमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ । भने अरु दर्जनौ घाइते भएका छन् ।
भूकम्प बिहानको समयमा आएको हुनाले धेरै मानिसहरू घरभित्रै रहेको र धेरै घरहरु भत्किएको हो ।
भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य तिब्र रुपमा भईरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्