१० साउन, लहान । आज बिहान पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।
१९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित ८७ वर्षीय सिंह ०१९ देखि ०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हालेका थिए ।
मुलुकमा प्रजातन्त्र स्थापनापछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर सामान्य जीवन बिताएका थिए । स्व सिंहको दुई छोरा र छोरी छन् । उनका जेठो छोरा डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन् ।
प्रतिक्रिया दिनुहोस्