Logo

सडक सुरक्षा र लागूऔषध नियन्त्रणका लागि प्रहरी क्रियाशील रहेको आईजीपीको दाबी



Spread the love

१० साउन, काठमाडौँ l सडक सुरक्षा र लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले दाबी गरेका छन् ।

उनले लागूऔषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको पनि व्यवस्था गर्ने घोषणा गरे । आज काठमाडौँमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उनले लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा सो सम्बन्धी २–२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको बताएका छन् ।

उनले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ दिन नागरिक समाजका अगुवाहरूलाई आग्रह गरे । प्रहरी महानिरीक्षक खनालले लागू औषधको दूव्र्यसनीका कारण पनि सडक दुर्घटना भइरहेको उल्लेख गर्दै सो कार्यलाई त्रियन्त्रण गर्न प्रभावकारी कदम चाल्न प्रहरीहरूलाई सचेत गराएका छन् ।

उनले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने घट्दै गएको बताउँदै दुर्घटनाको अर्को कारणको रूपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्नका लागि पर्ने प्रतिबद्धता पनि प्रकट गरेका छन् l

प्रतिक्रिया दिनुहोस्