हामीले रातो, पहेँलो र हरियो रङ्गको स्याउ त देखिनै रहेका हुन्छौं । तर के तपाईँले कहिल्यै कालो रङ्गको स्याउ देख्नु भएको छ ? कालो रङ्गको स्याउ तिब्बतका पहाडी क्षेत्रमा फलाइने गरिन्छ ।
यो स्याउ निकै दुर्लभ मानिएको छ । उक्त स्याउ ब्लाक डायमान्ड जातको निकै दुर्लभ स्याउ हो जसको रङ गाढा बैजनी र झ्वाट्ट हेर्दा कालो रङ्गको देखिन्छ ।
सो देशको भाषामा यस स्याउलाई हुआ नियु भनिन्छ । जसको खेती समुद्री सतहबाट ३१ सय मिटरको उचाइमा गरिन्छ । उक्त स्याउ अहिले निकै महँगो मूल्यमा पाइने गरिन्छ l
प्रतिक्रिया दिनुहोस्