रियल मड्रिडको सफलता तथा युरोपियन प्रभुत्वको हातमा वेल्सका खेलाडी गेराथ बेलको ठूलो भुमिका छ । ठुला प्रतियोगिताका ठुला खेलहरूमा उच्च प्रदर्शन गर्दै रियलको ट्रफि क्याबिनमा बेलले ट्रफिको हिसाब सँधै नाफा उन्मुख गराईरहेका छन् । सन् २०१३ मा इंग्लिस क्लब टोटनह्याम छाड्दै स्पेनिस रियल मड्रिड आएका उनले रियलले दिएको जिम्मेवारी सफलता पूर्वक निभाए, र निभाउँदै आएका छन् ।
क्लब म्यानेजर जिनेदिन जिदानले बेलले अर्को क्लब नै खोज्नु सबै पक्षका लागि उपयुक्त हुने भनेर
प्रहार गरेका शब्दले उनको अनौपचारिक स्थानान्तरण भने भइसकेको छ ।
रियललाई ठुला उपाधि चुमाउँदा आनन्दित देखिने बेल यतिबेला संघर्षको मैदानमा छन् । नचाहँदा नचाहँदै पनि उनले सान्टियागो बर्नाबेउ छोड्नु पर्नेसम्मको स्थिति पैदा हुँदै गरेको समाचार स्पेनिस पत्रिकाहरूले प्रकाशित गर्दै आएका छन् । अझ क्लब म्यानेजर जिनेदिन जिदानले बेलले अर्को क्लब नै खोज्नु सबै पक्षका लागि उपयुक्त हुने भनेर प्रहार गरेका शब्दले उनको अनौपचारिक स्थानान्तरण भने भइसकेको छ ।
अहिलेको अवस्था हेर्दा बेलले रियलमा गरेको योगदानको उचित कदर सायद भएको छैन । यसो भन्दै गर्दा रियलले बुढो हुने बेलासम्म बेललाई राख्नै पर्छ भन्ने होइन । तर, क्लबका लागि मरिहत्ते गरेर खेल्ने खेलाडीको उचित सम्मान सहित क्लब स्थानान्तरणको कुरा हो ।
२०१३ मा बेल रियल आएपछि २००२ पछि पहिलो पटक रियलले च्याम्पियन्स लिगको उपाध २०१४ मा जित्यो । च्याम्पियन्स लिगका सबै खेलमा महत्वपूर्ण गोल गर्न नसकेता पनि ठुला प्रतिद्वन्द्वी विरूद्ध गोल गर्दै च्याम्पियन्स लिगको यात्रामा बेलले सहयोग गरे । ६ वर्षको अन्तरालमा ४ वटा च्याम्पियन्स लिगको उपाधि दिलाउँन बेलको भूमिका सार्थक रह्यो । एक अध्ययन अनुसार रियलको युरोपियन सफलताका पछाडी बेलको ३० प्रतिशत हात रहेको छ ।
पूर्व सहकर्मी रोनाल्डोपछि रियल मड्रिडबाट सबैभन्दा धेरै च्याम्पियन्स लिग जित्ने खेलाडी बेल नै हुन् । रोनाल्डोले रियल र म्यानचेस्टर युनाइटेड गरी ५ पटक च्याम्पिन्स लिग जित्दा बेलले ४ पटक यो उपाधि चुमेका छन् । ४ च्याम्पियन्स लिगसँगै बेलले १ ला लिगा, १ कोपा डेल रे, ३ क्लब विश्वकप, ३ युइएफा सुपरकप र १ स्पेनिस सुपर कपको उपाधि जितेका छन् ।
रियल मेड्रिडलाई उपाधिमा ओइरो लगाएका बेल अहिले भने योग्यता हुँदा-हुँदै पनि बेन्चमा बस्न बाध्य छन् ।
रियल मेड्रिडलाई उपाधिमा ओइरो लगाएका बेल अहिले भने योग्यता हुँदा-हुँदै पनि बेन्चमा बस्न बाध्य छन् । स्पेनमा गत महिना छापिएका समाचार पत्रले रियलको बोर्डले बेललाई क्लब छोड्न बाध्य बनाउन लागेको भन्ने समाचार प्रकाशित गरे । जिदानले उता खेलमा ४ जना खेलाडी परिवर्तन गर्न पाइन्थ्यो भने पनि बेललाई आफुले मैदानमा नउतार्ने वक्तव्य दिए । यसले पनि बेल र रियल मेड्रिड बिचको मनमुटावलाई चित्रित गर्छ ।
बेल र रियलको मनमुटावले अहिले फुटबलमा तरंग ल्याएको छ । अनि रियलले गर्न नसकेको र दिनुपर्ने सम्मानको विषयले पनि फुटबल बहसमा राम्रै स्थान पाएको छ । अनि बेलका पक्षमा लागेर निकालिएका छन्- विभिन्न आधारहरू ।
रियल मड्रिडबाट युरोपियन फुटबलको फाइनल खेलमा बेल भन्दा धेरै गोल गर्ने जम्मा ३ जना खेलाडी छन् । युरोपियन कपमा अल्फ्रेडो डी स्टेफानो र फ्रेन्स पुसकासले ७ गोल तथा क्रिस्टियानो रोनाल्डोले ५ गोल गरेका छन् । उता बेलले भने २ च्याम्पियन्स लिग फाइनलमा गोल गरेका छन् । त्यसै गरी कोपा डेल रेको फाइनलमा उनले बार्सिलोना विरूद्ध गरेको गोललाई यस प्रतियोगिताको उत्कृष्ट फाइनल गोल मध्ये एकमा लिइन्छ ।
रियलको जर्सीमा बेलले ५ खेलमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । सन् २०१४ मा रायो भलेकानो विरूद्ध रियलले ५–० को जीत निकाल्दा बेलले उच्च स्तरीय प्रदर्शन गरेका थिए । ७ पटक बल छुँदा ७० यार्ड दौडँदै उनले गोल समेत गरेका थिए । त्यस्तै बार्सिलोना विरूद्ध २०१४ मा कोपा डेल रेको फाइनलमा जित निकाल्दा बेलले गरेको गोल पनि उत्कृष्टको सूचिमा नै सम्मिलित छ ।
२०१४ मा एट्लेटिको मड्रिड विरूद्ध गोल गर्दै रियललाई च्याम्पियन्स लिग जिताएका बेलले
२०१८ मा पनि लिभरपुल विरूद्ध उत्कृष्ट गोल गर्दै च्याम्पियन्स लिग जिते ।
त्यसैगरी २०१८ मा क्लब विश्वकप अन्तर्गत कासिमा एन्ट्लर्स विरूद्धको ह्याट्रिकको तारिफ जति नै गरे पनि कम हुन्छ ।
२०१४ मा एट्लेटिको मड्रिड विरूद्ध गोल गर्दै रियललाई च्याम्पियन्स लिग जिताएका बेलले २०१८ मा पनि लिभरपुल विरूद्ध उत्कृष्ट गोल गर्दै च्याम्पियन्स लिग जिते । त्यसै गरी २०१८ मा क्लब विश्वकप अन्तर्गत कासिमा एन्ट्लर्स विरूद्धको ह्याट्रिकको तारिफ जति नै गरे पनि कम हुन्छ ।
रियलका सुख दुःखमा साथ दिने बेल नै अहिले रियलबाट एक्लिएका छन् । म्यानेजर जिदान पनि उनको क्षमताको नजरअन्दाज गर्दै बाहिर्याउन मात्र लागि परेका छन् ।
०००
०००