९ साउन, काठमाडौँ l नेपाली काँग्रेसले विवाद अन्त्य गर्न आज केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । बैठकले पार्टीभित्र बल्झिदै गएको नियमावलीको विवादमा सहमति निकाल्ने प्रयास गर्नेछ ।
गत असार २२ गते सुरु भएको केन्द्रीय समिति बैठकमा १४ वटा एजेन्डा पेस भएका थिए । गत २९ गते पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो ।
तर नियमावली मस्यौदा संशोधन समितिले अहिलेसम्म असन्तुष्टिको सम्बोधन गर्न सकेको छैन । यही विषयमा गए दिन पार्टी केन्द्रीय कार्यालयमा काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्