९ साउन, काठमाडौँ l आज दिउँसो १ बजे बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने सचिवालय बैठकमा स्कुल विभाग सहित टुंगो लाग्न बाँकी अन्य विषयमा छलफल हुने भनिएको थियो ।
विभागहरूको नेतृत्व टुंगो लगाउने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेकपामा विभागहरूको नेतृत्व विषयमा नेताहरूबिच सहमति भइसकेको छैन । अन्य विभागहरूको विषयमा असमझदारी बाहिर ननिस्कीएता पनि स्कुल विभागको विषयमा भने प्रस्ट दुई धार देखिए ।
पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेलले यो विभागको नेतृत्वको लागि दाबी गरिरहेका छन् । भने पार्टीका विभिन्न ३२ विभागको भागबन्डा मिलाउन अझै बाँकी नै रहेको छ । ईश्वर पोखरेललाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्रीसमेत स्कुल विभागको नेतृत्व दिने अडानमा छन् । तर, माओवादी खेमालेसो अडानलाई स्वीकार गरेका छैन ।