९ साउन, लहान ।
सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको ज्यान गएको छ ।
स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको घर नजिककै पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
डुबेर गम्भीर घाइते भएका बालकको धनगढी आरके मेडिसिटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्