८ साउन, काठमाडौं । फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतले बहुविवाह सम्बन्धी मुद्दामा अनुसन्धानको लागि दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
छबिकी पहिलो पत्नी हेमा ओझाले उनीहरु विरुद्ध बहुविवाहको निवेदन दायर गरेकी थिइन् । भने सोही निवेदनको आधारमा मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्