८ साउन, काठमाडौँ l नेपाली लेखा व्यवसायीहरूको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सञ्चालन गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ बाट वित्त कम्पनी समूह र विकास बैङ्कका तर्फबाट महालक्ष्मी विकास बैँक प्रथम भएको छ ।
प्रथम हुने बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई अर्थमन्त्री डा. युवराज खतिवडाले अवार्ड दिएका छन् । अवार्ड ग्रहण गरे पश्चात् उक्त बैङ्कले ग्राहक, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनीलाई समेत धन्यवाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस्