८ साउन, काठमाडौँ l आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । बेलुका ४ बजे होटेल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक गरिने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएका छन् l
हालै बसिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई अन्तिम रूप दिइरहेको छ । यस पटकको नीतिले ठुला बैङ्क गाभ्ने अर्थात् ‘बिग मर्जर’ लाई विशेष प्राथमिकता दिनेछ ।
त्यसको लागि मौद्रिक नीतिमै केही सहुलियतको व्यवस्था हुने राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै उथलपुथल भइरहने ब्याजदर नियन्त्रणको लागि पनि केही विशेष व्यवस्था आउनेछ ।
यस्तै नीतिले ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने व्यवस्था गर्ने र वर्तमान गभर्नर चिरञ्जीवी नेपालको यो अन्तिम मौद्रिक नीति हुनेछ ।
प्रतिक्रिया दिनुहोस्