६ साउन, काठमाडाैँ – सत्तारूढ दल नेकपाले देशका ७७ वटा नै जिल्लाका इञ्चार्ज तथा सह–इञ्चार्जको टुङ्गो लगाएको छ । हिजो बालुवाटारमा बसेको उच्च स्तरीय बैठकले नेकपाको जिल्ला अन्तर्गत कार्य विभाजन गरेको हो ।
आइतबार भएको कार्य विभाजन अन्तर्गत प्रदेश नम्बर ३ को मकवानपूरमा भने विरोध खतिवडाले जिल्ला इञ्चार्जको भूमिका पाएका छन् । त्यस्तै उनकी श्रीमति मुनु सिग्देल भने जिल्ला अध्यक्ष तोकिएकी छिन् ।
नेकपाको कार्य विभाजनमा मकवानपुरमा चुनिएका उनीहरू श्रृङ्खला खतिवडाका आमा बुबा हुन् । मिस वर्ल्ड २०१९ को अन्तिम १२ सम्म पुगेकी उनी अन्तिम ५ मा भने स्थान सुरक्षित गर्न नसक्दै बाहिरिएकी थिइन् ।
यता नेपालमा श्रृङ्खलाका बुबाआमा नेकपाका जिल्ला इञ्चार्ज र अध्यक्षमा चुनिँदा श्रृङ्खला भने इस्तानबुलमा रमाइरहेकी छिन् ।
मिस वर्ल्डको यात्राका क्रममा धेरै चर्चा पाउन सफल शृङ्खला यतिबेला प्रेमले चर्चामा कामाईरहेकी छिन्।
अहिले उनी सिशन बानियाँसँग टर्कीमा रमाइरहेकी छिन् । उनका टर्कीमा खिचिएका तस्बीर सामाजिक सञ्जालका खुराक भएका छन् ।
स्याङ्जामा महिला नै इञ्चार्ज र सह इञ्चार्ज
उता प्रदेश नम्बर ३ मा श्रीमान श्रीमति नै नेकपाको कार्य विभाजनमा पर्दा गण्ड की प्रदेशमा भने जिल्ला इञ्चार्ज र सह–इञ्जार्ज दुबै महिला नै चुनिएका छन् ।
स्याङ्जाको जिल्ला इञ्चार्जमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल चुनिँदा सह इञ्चार्जमा जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सिता सुन्दास चयन हुन सफल भएकी छन् ।
पूर्व एमाले अर्याल र सुन्दास एकीकरणपछि नेकपाको केन्द्रिय सदस्यमा बहाल रहेका छन् । पूर्व सहमतिअनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ ।