५ साउन, काठमाडाैँ – गोदावरी नगरपालिका –१० चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा स्थापना गरिएको छ । सो बैंक स्थापना भएसँगै चापागाउँवासीले थप सेवा सुविधा पाउने भएका छन् ।
सो अवसरमा शाखाको उद्घाटन गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले चापागाउँमा बैंक स्थापना गर्न प्रचुर मात्रामा लगानी गर्ने वातावरण रहेको जानकारी दिए । उनले भने, “उत्पादनमूलक एवं कृषि क्षेत्रमा गरिने लगानीबाट आर्थिक समृद्धि हुनेछ ।”
सो बैंक सञ्चालनका लागि नगरपालिकाबाट सदैव आवश्यक समन्वय र सहयोग रहने महर्जनले प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले चापागाउँमा स्थापित बैंक शाखाले सबै जनतालाई सुलभ सेवा दिने बताए ।
प्रतिक्रिया दिनुहोस्