Logo

किन साउन महिनमा भगवान् शिवको पूजा गरिन्छ ? यस्ता छन् कारण



Spread the love

 

 

वास्तवमा भन्नु पर्दा साउन महिना अन्य महिना भन्दा पबित्र महिना रहेको छ l किनकि यस महिनामा महिलाहरू एक महिना नै व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्दछन् l

अझ साउन महिनाको सोमबारे व्रतको सर्वाधिक महत्व बताइने गरिन्छ l यस महिना देवो के देव महादेवको प्रिय महिना पनि मान्ने गरिन्छ l यो महिनामा बेल पत्रले भगवान् भोलेनाथको पूजा गर्नु र जल चढाउँदा अत्यन्तै फलदायी हुने विश्वास छ ।

विशेष गरेर सोमबार व्रत र साउन स्नान गर्ने परम्परा छ । शिव पुराणको अनुसार जो महिला यो महिनाको सोमबार व्रत बस्ने गर्छन् भगवान् शिव उनको समस्त मनोकामना पूरा गर्ने गर्दछन् l यस साउन महिना र प्रकृति बिच घनिष्ठ सम्बन्ध रहेको छ l साउन महिना वर्षा ऋतु पर्ने हुँदा धरतीमा झरीसँगै हराबरा हुने गर्दछ ।

साउनको व्रत
यस पबित्र महिनामा भक्तहरुले तीन प्रकारका व्रत राख्ने गर्दछन् ।

  • साउन सोमबार व्रत- साउनको सोमबार बसिने व्रत नै सोमबारे व्रत हो । यो दिन भक्तजनहरु भगवान् शिवमा समर्पित हुने गर्दछन् ।
  • सोह्र सोमबार व्रत- साउन महिनामा सोह्र सोमबारको व्रत सुरु गर्नको लागि यो शुभ समय मानिन्छ ।
  • प्रदोष व्रत- साउनमा भगवान् शिव एवं माता पार्वतीको आशिर्वाद प्राप्त गर्नको लागि प्रदोष व्रत प्रदोष कालसम्म राखिने गरिन्छ ।

व्रत र पूजा गर्ने तरिका

  • सबेरै सूर्योदयभन्दा अघि उठ्नुहोस र शौच गरेर स्नान गर्नुहोस् ।
  • आफुले पूजा गर्ने स्थललाई सफा गरी वेद स्थापित गर्नुहोस् ।
  • भगवान् शिवको मन्दिरमा गएर शिवलिङ्गमा दूध चढाउनुहोस् ।
  • फेरी पूरै श्राद्धसँग महादेवको व्रतको संकल्प लिनुहोस् ।
  • विहान र साँझ भगवान् शिवको प्रार्थना गर्नुहोस् ।
  • भगवान् शिवको पूजाका लागि तिलको तेल र दियो जलाउनुहोस् । त्यस पश्चात भगवान् शिवलाई पुष्प अर्पण गर्नुहोस् ।
  • मन्त्रसहित शिवलाई सुपारी, पञ्च अमृत, नविल एवं बेलको पात पनि चढाउनुहोस् ।
  • व्रत बसेको समयमा साउन व्रत कथाको पाठ अवश्य पढ्नुहोस् ।
  • यदी तपाईले गरेको पूजा समाप्त गरिसक्नु भयो भने, प्रसाद बाँड्नुहोस् ।

 

मन्त्र

 साउन महिनाको समयमा ‘ओम नमः शिवाय’ मन्त्र जप गर्नुहोस् ।

साउन महिनामा व्रत बस्दा भगवान् शिवजीमा समर्पित हुनुहोस् । भनिन्छ भक्तजनहरु साउन महिनामा साँचो मन वा पूर्ण श्रद्धाको साथ महादेवको व्रत गर्दछन् भने उसलाई शिवको आर्शिवाद अवश्य प्राप्त हुनेछ ।

यस साउन महिनामा विवाहित महिलाहरू आफ्नो वैवाशिक जीवनलाई सुखमय बनाउन र अविवाहित महिलाहरू राम्रो वरको लागि यस महिनामा भगवान् शिवको व्रत बस्ने गर्दछन् ।

     

प्रतिक्रिया दिनुहोस्