५ साउन, बुटवल । रुपन्देहीस्थित तिलोत्तमाको सडकमा राखिएका ५ वटा बुद्ध मूर्ति तोडफोडमा संलग्नहरूलाई छिटो पक्राउ गरी कारबाही गर्न प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले निर्देशन दिएका छन् ।
मन्त्री पोखरेलले जिल्लाका सुरक्षा प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडबारे चासो प्रकट गरेका हुन् । सोही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षकलाई मुख्यमन्त्री निवासमा डाकिएर घटनामा संलग्नहरूलाई तत्काल पक्रेर कारबाही गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्