Logo

महेन्द्र सिंह धोनीले आगमी दुई महिनासम्म आर्मीमा तालिम गर्ने



Spread the love

४ साउन, काठमाडौँ । आगमी दुई महिना सम्म भारतीय टोलीका कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आर्मीमा तालिम गर्ने भएका छन्। धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नल हुन् ।

शनिबार भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्डले आधिकारीक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम फिर्ता लिएका छन् । आफ्नो क्रिकेट करिअरबाट तत्काल धोनीले सन्न्यास नलिने भएका छन् ।

टी ट्वान्टी विश्वकप,वान डे विश्वकप र च्याम्पिनयशीप ट्रर्फि गरि आईसीसीको तीनै प्रतियोगिता जिताउने धोनी विश्वका एक्लो कप्तान हुन् ।

प्रतिक्रिया दिनुहोस्