४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि आफ्नो सम्पूर्ण तयारी पुरा भएको छ । मलेसियामा भएको १० दिनको विशेष प्रशिक्षणसँगै नेपालको तयारी पुरा भएको हो ।
शनिबार नेपाली टोली सिंगापुर आएर २ दिन प्रशिक्षण गर्ने सम्भावना रहेको छ । सिंगापुरमा २२ जुलाई देखी २८ सम्म हुने उक्त प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगामी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्ने पाउनेछ ।
छनोट प्रतियोगिताको तयारी स्वरुप मलेसियासँगको दुई टी ट्वान्टी आई सिरिज क्लिन स्वीप गरेपनि नेपालले आफ्नो स्तरअनुसार प्रर्दशन भने गर्न सकेन । सिंगापुर र मलेसियाको वातावारण उस्तै भएको नेपालले मलेसियामा प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेको थियो ।
२३ जुलाईमा कतारसँग नेपालले पहिलो खेल खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्