Logo

भारतसँग दोस्रो सातालाई तय भएको मैत्रीपूर्ण खेल रद्द



Spread the love

४ साउन, काठमाडौं । साउन दोस्रो सातालाई तय भएको नेपाल राष्ट्रिय पुरुष भलिबल टोली र भारतको राष्ट्रिय भलिबल टोलीबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपाल र भारतबीचको तीन मैत्रीपूर्ण खेल रद्ध भएको जानकारी दिएका हुन् । साउन ९, १० र ११ गते तीन दिन भारतसँग नेपालले मैत्रीपुर्ण खेल खेल्ने तय भएको थियो ।

भारतीय भलिबल संघले टोली अहिले एसियन भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेकाले पठाउन नसकिने जानकारी पठाएको महासचिव चन्दले बताएका छन् । ‘नेपाल भलिबल संघको निमन्त्रणालाई स्वीकार्दै भारतीय टोली मैत्रीपुर्ण खेलका लागि आउने बताएको थियो । तर, उनीहरुले मैत्रीपूर्ण खेलका लागि टिकट काटिसकेको अवस्थामा आएर पनि आउन नसकिने सन्देश पठाए,’ महासचिव चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्