३ साउन, दाङ । हरितालिका तीजको तीन दिन अघिदेखि मात्र नाचगान गर्न पाइने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा आमा समूहले नाचगान गर्ने वहानामा आपराधिक गतिविधि हुन सक्ने भन्दै उक्त निर्णय गरेको हो ।
तीजको नाममा एक महिना अगाडिदेखि नै नाचगान सुरु हुने र त्यसमा झैझगडा पर्दा मानवीय क्षति हुने भएकाले त्यसलाई रोक्न यस्तो निर्णय गरेको वडास्तरीय आमा समूहकी अध्यक्ष देवा सेनले जानकारी दिएकी छिन् ।
यदि यस वडाका कुनै पनि टोलमा नाचगान गरी होहल्ला गरेमा कारवाही हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्